नियम ८
समितिको काम, कर्तव्य र अधिकार
समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) अवैध मदिराको उत्पादन, संचय, परिवहन तथा बिक्री वितरणमा नियन्त्रण गर्ने गराउने,
(ख) अवैध मदिराको उत्पादन, संचय, परिवहन तथा बिक्री वितरणमा प्रभावकारी ढंगले नियन्त्रण गर्न गराउन आवश्यक प्रचार, प्रसार, विज्ञापन तथा सूचना प्रकाशन गर्ने,
(ग) अवैध मदिरा नियन्त्रण गर्नको लागि वार्षिक कार्ययोजना तयार गर्ने,
(घ) खण्ड (ग) बमोजिमको कार्ययोजनाको लागि वार्षिक बजेट तर्जुमा गर्ने, र
(ङ) अवैध मदिरा उत्पादन, संचय, परिवहन तथा बिक्री वितरण कार्यलाई नियन्त्रण र अनुगमन गर्न समितिले आवश्यक सम्झेका अन्य कार्यहरू गर्ने ।